सुनको मूल्य घट्यो

काठमाडौं ।

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ८ डलर आसपासमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.