काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ मा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आइतबारको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँ यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २ सय १० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.