सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २ सय ३५ तोकिएको महासङ्घले जनाएको छ ।

footwear zone

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ३ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.