काठमाडौं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ८ सय ४१ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.