काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैयाँ थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७ सय ९८ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.