सुनको मूल्यमा प्रतितोला ५ सय रुपैयाँले वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको प्रतितोला ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९ सय रुपैयाँ थियो ।

footwear zone

यस्तै बिहिबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २ सय ८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ३३ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.