सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ

काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५ सय रूपैयाँले बढेर ९९ हजार रूपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रूपैयाँ तोकिएको छ ।

जसको मूल्य बुधबार प्रतितोला ९६ हजार रूपैयाँ थियो । त्यस्तै बिहिबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेर एक हजार ३ सय १५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

footwear zone

नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसारनै आज नेपालको बजारमूल्यमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।अन्तर्राष्ट्रिय बजारमा बिहिबार सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.