काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँँले उकालो लागेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य बिहीबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन पनि तोलामा १ हजार ६ सय रुपैयाँले नै वृद्धि भएको छ । बुधबार प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला ९२ हजार १५० रुपैयाँमा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोवार भएको चाँदी बिहीबार भने प्रतितोला १ हजार २०५ रुपैयाँमा खरीदबिक्री भएको छ ।




Comments are closed.