काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मा कारोवार भएको थियो ।
तेजाबी सुनसमेत प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोवार भईरहेको छ ।

चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।




Comments are closed.