काठमाडौं ।स्थानीय बजारमा सामेबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार बढ्ने वा घट्ने नगरी तथष्ट रहेको सुनको मूल्य सोमबार वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० सय रुपैयाँ रहेकोमा आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेकामा आज ७ सय रुपैयाँले वृद्धि भई ९४ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार भएको छ । चाँदी आइतबार एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।




Comments are closed.