काठमाडौं । नेपाली बजारमा शुक्रबार धातु सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
बिहीबार ९५ हजार ७ सय रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मुल्य शुक्रबार १ हजार रुपैयाँले वृद्धि भई ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोवार भएको चाँदी शुक्रबार १ हजार २ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।




Comments are closed.