काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्य बिहीबार प्रतितोला १ हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।
छापावाला सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।

चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा बुधबार कारोवार भएको चाँदी आज भने १ हजार ३३० रुपैयाँ मूल्य निर्धारण भएको छ ।




Comments are closed.