ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोवार ?

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ छ । शुक्रबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।

तेजाबी सुनको मूल्य आजका लागि प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोवार भएको थियो ।

footwear zone

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोवार भएको थियो । आइतबार चाँदी तोलामा ६० रपैयाँले घटेको हो ।

You might also like

Comments are closed.