घट्यो सुनको मूल्य, कारोवार मूल्य कति ?

 

काठमाडौं । बिहीबार पनि सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुशार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।

footwear zone

चाँदीको मूल्य बुधबारको तुलनामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.