काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँ रहेको छ ।




Comments are closed.