बिहीबार सुनचाँदीको कारोबार मूल्य कति ?

 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ तोकिएको छ ।

footwear zone

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

 

You might also like

Comments are closed.