सुनको मूल्य वृद्धि, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भइरहेको छ जुन सोमबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।

footwear zone

महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

You might also like

Comments are closed.