बढ्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ? 

 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला  ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

footwear zone

महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १ सय रहेकामा सोमबार ९१ हजार ९ सय रुपैयाँ थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला  १ हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.