सुनको मूल्यमा सामान्य वृद्धी, चाँदीको स्थिर

 

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाा कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.