सुनचाँदीको मूल्यमा सामान्य गिरावट    

 

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ ले घटेर ९४ हजार ४ सय रुपैया कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९३ हजार  ९ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार थियो ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर  एक हजार २७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.