बढ्यो सुनको मूल्य   

 

काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

footwear zone

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलाको  ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला  एक हजार २३५ रुपैयाँ पुगेको छ ।

 

You might also like

Comments are closed.