काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३ सय रुपैयाँले उकालो लागेर ९३ हजार ४ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ छ, यसको मूल्य अघिल्लो दिन ९२ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.