घट्यो सुनको मूल्य

 

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख दुई हजार १ सय रुपैयाँ पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार रुपैयाँ थियो ।

footwear zone

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.