घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य प्रति तोला ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला एक लाख २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएकामा अघिल्लो दिन प्रतितोला ९९ हजार ७ सय थियो ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.