काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेर ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँमा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.