घट्यो सुनको मूल्य

काठमाडौं ।  सुनचाँदी बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ३ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । हिजो प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.