काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त सुन हिजो प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४ सय पुगेकामा अघिल्लो दिन १ लाख २ हजार ९ सय रुपैयाा थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटी १ हजार ३ सय ६५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।




Comments are closed.