काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको छ भने शुक्रबार यसको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ रहेको थियो ।
शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँ मूल्य कायम भएको छ ।




Comments are closed.