स्याङजा । सुनचाँदी व्यवसायी संघ स्याङजाको १५औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रकिशोर गौतमले सुनचाँदी व्यवसायीहरुले हिजोदेखि कच्चा पदार्थ काँचो सुनको अभाव खेप्दै आएको बताए । ‘नेपाल राष्ट्रबैंक मार्फत आउने सुन सबै प्रदेश सबै जिल्लाका व्यवसायीहरुले समानुपातिक रुपमा पाइरहेका छैनन्,’ उनले भने । साधारण सभाले पूर्ण बहादुर विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय पुरानै कार्यसमितिलाई नै अनुमोदन गरेको छ ।
जिल्ला अध्यक्ष पूर्ण बहादुर विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका उपसभापति कृष्ण बहादुर वि.कले सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका क्षेत्रमा धेरै समस्यहरु भोग्न परिरहेको बताए । राज्यले समयमा नै व्यवसायीहरुको समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष एवं पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष निर्मल दियालीले कोभिड १९ का कारण व्यवसाय नै धरापमा परेको बताए । तरपनि व्यवसायीहरुको संरक्षण र सम्वद्र्धनमा स्थानीय व्यवसायीहरु सक्रिय हुन जरुरी रहेको उनले बताए ।

प्रदेश सहसचिव पर्व विश्वकर्मा, प्रदेश सदस्य हिमलाल विश्वकर्मा, निवर्तमान अध्यक्ष केम्मर सुनार लगायतले सुनचाँदी व्यवसाय र यस्को विकास सम्वद्र्धनका बारेमा मन्तव्य राखेका थिए ।




Comments are closed.