नेपाली गरगहनाको निर्यातका लागि तालीममा जोड

काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनका लागि सीपमूलक तालिम दिलाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा र सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिमण्डलबीच सोमबार भएको छलफलमा यस्तो आवश्यकता औँल्याइएको हो ।

कार्यकारी निर्देशक राणाले सुनचाँदी व्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक पर्ने सीपमूलक तालीमका लागि केन्द्रले सहयोग गर्ने बताए । नेपाली परम्परागत कला कौशलयुक्त गरगहनाको निर्यातबाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको प्रशस्त सम्भावना रहेको उनले उल्लेख गरे ।

नेपाली गरगहनाको निकासीमा कुनै समस्या भए त्यसको समाधानका लागि आवश्यक सहजीकरण गर्न केन्द्र तयार रहेको बताउँदै उहाँले व्यवसायिक हितका लागि सम्भव भएसम्मका सबै क्षेत्रमा सहयोग गर्ने बताए । नेपाली गरगहना निर्यातका क्रममा भन्सार नाकामा उत्पन्न हुने प्राविधिक कठिनाइ सरलीकरण गर्न केन्द्रले आवश्यक पहल गर्ने आश्वासन उनले दिए । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मैलिक गरगहनाको निर्यातबाट व्यवसाय वृद्धि मात्र नभई मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर सृजना हुने तथा मुलुकमा विदेशी मुद्रा भित्रने सम्भावना पनि बढ्ने भएकोले यसतर्फ सरकार र व्यवसायी सबैको ध्यान जान आवश्यक भएको बताए ।

footwear zone

केन्द्रसँग निर्यात प्रवद्र्धन, गरगहना निर्माणका लागि आवश्यक पर्ने तालीम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा मेलालगायतका क्षेत्रमा सहयोगको अपेक्षा गरिएको उनले बताए ।

You might also like

Comments are closed.