नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ ।

नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । यसका लागि व्यवसायीहरु तयार रहेको उनले बताए । विगत १४ वर्षदेखि कान्तिपुर मलले उपहार योजना सञ्चालन गर्दै आएको उनले बताए ।

footwear zone

कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए । सोही कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौं कपनकी यमुना वाग्लेलाई रु दुई लाख ९० हजार मूल्य बराबरको १५० सिसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई रु दुई लाख ६७ हजार ९०० पर्ने १२५ सिसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई रु ४० हजार मूल्य बराबरको टेलिभिजन र चौथो हुने चन्द्रा खड्कालाई रु २५ हजार बराबरको फ्रिज प्रदान गरिएको थियो । विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।

You might also like

Comments are closed.