पोखरा । होटल पोखरा गुडविल लेकसाइड र हिमालयन देउराली रिसोर्ट देउराली कास्कीले आकर्षक प्याकेज ल्याएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै होटलले ६० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी प्याकेज ल्याएको हो ।
२ रात ३ दिनको लागि होटलले प्रति व्यक्ति ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको हो । डिलक्स रुमको सुविधासहित ब्रेक फास्ट, लन्च, डिनर, कल्चरल डान्स र २ घन्टाको साउना ट्रिट पनि प्याकेजमा समावेश गरिएको सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।
यो प्याकेज सीमित समयका लागि मात्र लागु हुने रायमाझीले बताइन् । होटल पोखरा गुडविल पोखरा क्षेत्रका उत्कृष्ट होटलहरु मध्यमा पर्छ । हिमालयन देउराली रिसोर्ट उत्कृष्ट सेवा सुविधासहित सञ्चालित छ । जहाँबाट हिमालयको आकर्षक दृश्यहरु अवलोकन गर्न सकिन्छ । यहाँ पाहुनाले आफ्नो इच्छा अनुसारको खाना खान पाउँछन् । आफ्नै फार्मको लोकल कुखुरा, हाँस, खसी लगायत अर्गानिक परिकारको व्यवस्था छ ।

र यो पनि,
होटल पोखरा गुडविल प्रा.लि. नयाँ व्यवस्थापनबाट सञ्चालनमा






Comments are closed.