काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ ग्रहण गरेका छन् ।
अध्यक्ष राईले मंगलबार एक कार्यक्रमकाबीच बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टसँग सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रमपछि बोल्दै डा. भट्टले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको प्रस्तावमा सञ्चालक डेकिन्द्र कुमार राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।




Comments are closed.