ग्राण्डीको निर्देशकमा डा बिजुक्छे

 

काठमाडौं ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद बिजुक्छे नियुक्त भएका छन् । ग्राण्डीको बुधबार बसेको सञ्चालक समितिको बैठकले डा बिजुक्छेलाई चार वर्षका लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

footwear zone

ग्राण्डीका मेडिकल निर्देशक डा चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहेका डा बिजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो । ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा बिजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुन् । अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा स्थापना भएको ग्राण्डीले हाल २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

You might also like

Comments are closed.