ग्रीनको लाभांश पारित, सञ्चालकमा अधिकारी र श्रेष्ठ निर्वाचित

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट बैंकको आठौं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ । सभाले ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

पोखराको होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७६/७७ को वित्तीय विवरण पारित गरेको छ ।

साधारण सभाबाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा.लि.को प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

footwear zone

साधारण सभामा बोल्दै नवनिर्वाचित संचालक विश्वमोहन अधिकारीले आफ्नो करिव २५ वर्षको बैंकिङ अनुभवले ग्रीन डेभलपमेन्ट बैंकलाई थप उचाईमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले शेयरधनीहरुको सुझाव र भावनालाई बुझेर आगामी दिनमा थप रणनैतिक योजनासहित बैंक अगाडि बढ्ने बताए ।

बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.