साझेदारी स्वरोजगार कार्यक्रमका लागि ग्रिन डेभलपमेन्ट बैंक र पोखरा महानगरबीच सहकार्य

पोखरा । पोखरा–८, न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैँक लि. र पोखरा महानगरपालिका सहकार्यमा आधारित साझेदारी कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सहकार्य हुने भएको छ । पोखरा महानगरपालिका भित्रका लक्षित समुदायका व्यक्तिहरुलाई कृषि, पशुजन्य, साना तथा सेवामुलक व्यवसाय संचालन गरी आय आर्जनमा वृद्घि गरी उनीहरुको जीविकोपार्जनलाई सहज बनाउने उद्देश्य अनुसार सहकार्यको सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथाकीबीच कर्जा लगानी सम्झौता भएको छ । सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रम संचालन गर्न पोखरा महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगारकोषलाई प्रदान गरेको कोष रकम ग्रीन डेभलपमेन्ट बैँक लि. मार्फत् प्रदान गरिने छ ।

पोखरा महानगरपालिका वडा कार्यालयको सिफारिसमा महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यत्तिहहलाई बिना धितो व्यक्तिगत एवं सामुहिक जमानीमा कर्जा प्रदान गरिने छ । कर्जा व्याजदर वार्षिक ८ प्रतिशत रहने र कर्जा ग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि बुझाएको व्याजको ६० प्रतिशतले हुन आउने रकम सम्बन्धित ऋणीलाई अनुदान स्वरुप फिर्ता दिइने छ ।

footwear zone

उक्त अवसरमा बोल्दै मेयर आचार्यले बैंकबाट सर्वसुलभ रुपमा प्रदान गरिएको कर्जा लगानीले स्वरोजगार बन्न चाहने लक्षितसमुदायका युवा तथा साना व्यवसायीहरुलाई श्रम र सीपलाई उत्पादनमुलक कार्यमा लगाई स्थानीय श्रोत साधनको अधिकतम उपयोग गरी सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकले यस भन्दा अघि २०७७ सालदेखि रुपा गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकासँग संझौता गरी कृषि तथा पशुपंक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गर्ने साथै बेरोजगार युवाहरुको सीप र व्यवसायिक क्षमता उपयोग गर्दै आर्थिक अभिवृदि गर्ने उद्देश्यले गाउँपालिकाबाट सिफारिस भई आएका लक्षित समुदायलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउदै आएको छ ।

You might also like

Comments are closed.