पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरामा रहेको फिस्टेल ड्रिमर्पाकबीच टिकट शुल्क छुट सम्झौता भएको छ ।
उक्त सम्झौतामा विहीबार बैंकका तर्फबाट कायमुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादर बुढाथोकि र ड्रिमर्पाका तर्पबाट पार्कका अध्यक्ष केदम केसीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि ग्रीन डेभलपमेन्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम कार्ड वा मोवाइल बैंकिङमार्फत भुक्तानी गर्दा केबलकारको टिकट रकमा १० प्रतिशत छुट पाउने छन् ।
सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा बाल मनोरञ्जनका लागि सञ्चालनमा ल्याइएको र्पाको सुविधा प्रयोग गरी बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्याउने तथार भरपुर मनोरञ्जनको आन्दलिने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै पार्कका अध्यक्ष केसीले ग्रीन डेभलपमेन्ट बैंकसँग सम्झौता गरी बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा खुसी लागेको बताए । उनले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको बेला आफूहरुले ड्रिम र्पाकको सञ्चालन गरेको बताए ।
यस बैंकले हाल कास्की, तनहुँ बागलुङ, म्याग्दी र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखाकार्यालयहरु मार्फत बंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.