काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । यस अगाडि एक वर्षदेखि उनी फाइनान्सको महाप्रवन्धक रहेर काम गरेका थिए ।
सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । नियुक्त भएका घिमिरेले आज बिहीबारबाटै जिम्मेवारी सम्हालेका छन् ।
घिमिरेले ३ दशकसम्म नेपाल राष्ट्र बैंकमा रहेर काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका घिमिरेको नेतृत्वमा फाइनान्सको वित्तीय अवस्था अझै सुधार हुने विश्वास गरिएको छ ।

फाइनान्सको सञ्चालक समितिले घिमिरेलाई ४ वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।
यस अगाडिका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले व्यक्तिगत कारण देखाउँदै फाइनान्सबाट राजीनामा दिएका छन् ।




Comments are closed.