गोर्खाज फाइनान्सको साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न साधारणसभाले फाइनान्सका सञ्चालकहरुमा प्रमोटरहरुको तर्फबाट प्रेमबहादुर खपुङ, डेकिन्द्र कुमार राई, कर्णबहादुर राई र प्रद्युम्न भट्टराई निर्वाचित भएका छन् । पब्लिक सेयर धनीहरुको तर्फबाट नरेन्द्रकुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी सञ्चालकमा निर्वाचित भएका हुन् ।

फाइनान्सले २०७६÷७७ को साधारणसभा सम्पन्न गरेको हो । यस अगाडि कोभिड लगायत विविध कारणले साधारणसभा स्थगित हुँदै आइरहेको थियो ।

footwear zone

राष्ट्रियस्तरको गोर्खाज फाइनान्स लिमिटेडले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स लगायत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको फाइनान्सको देशभर सातै प्रदेशमा गरी २७ वटा शाखा छन् ।

You might also like

Comments are closed.