काठमाडौं ।
गोर्खाज फाइनान्स लि. र नेशनल बैंकिङ इन्ष्टिच्युट लि बीच बुधबार तालिमकार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ यस सम्झौताअनुसार एन.बी.आईले गोर्खाज फाइनान्स लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।





Comments are closed.