गोर्खाज फाईनान्सका अध्यक्षले लिए सपथ

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सोमबार पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

सो अवसरमा कार्यकारी निर्देशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत तथा ग्रामिण क्षेत्रमा वित्तिय पहुंच अभिवृद्धि गर्न सुझाव दिए । संस्थाको कात्तिक १५ गते बसेको संचालक समितिको ४३१ औं बैठकले संचालक गौरव बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको थियो ।

बैंक तथा वित्तिय संस्था ऐन, २०७३ को दफा १२७ को उपदफा २ वमोजिम संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंकका निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

footwear zone

फाइनान्सले निसुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स सेवा दिदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यलय सहित २६ वटा शाखा कार्यलयहरु र एउटा एक्सटेन्सन काउन्टर गरि जम्मा २७ वटा कार्यलयहरुवाट सातै वटा प्रदेश मार्फत ग्राहकवर्गहरुलाई सेवा–सुविधा दिदै आईरहेको छ ।

 

You might also like

Comments are closed.