ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

काठमाडौं । अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो ।

‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि-क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।

साथीले सो लिंकमार्फत इमेल वा फोन नम्बरसहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

footwear zone

त्यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ। सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्काले बताए।

‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ। प्रतिदिन १०० पटकसम्म लिंक क्लिक गर्न पाउने खड्काले जानकारी दिए । प्रयोगकर्ताले प्राप्त गर्ने जि-क्यास इ-वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।

You might also like

Comments are closed.