महाशिवरात्रीमा ग्यापुको अफर

काठमाडौं । लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक संजाल मार्फत उपहार दिने कार्यक्रम ल्याएको छ।

BHOLEBABA कोड प्रयोग गरेर ग्यापुको एन्ड्रोइड र आइओएस एप मार्फत जुनसुकै सामान सपिङ गर्दा तत्काल २ सय रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले बताए।

साथै ग्यापुको सामाजिक संजालमा प्रकाशित बाल्यकालको याद दिलाउने बाटो छेकेको फोटोमा आफ्ना साथीहरुलाई नाम मेन्सन गर्दा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने खड्काले बताए।

footwear zone

महाशिवरात्रीकै अवसरमा ग्यापुको जी बारमा उपलब्ध सामान खरिदमा बिशेष छुट राखिएको खड्काले जानकारी दिए।

सन् २०२१ भित्र ग्यापुको एप डाउनलोड गर्ने मध्ये एक जनाले कार जित्ने अफर पनि ग्यापुले यस अगाडी नै सार्वजनिक गरिसकेको छ। साथै ग्यापुले छिट्टै रेफर एण्ड अर्न कार्यक्रम पनि सार्वजनिक गर्ने खड्काले बताए।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट  मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न्।

You might also like

Comments are closed.