काठमाडौं । नेपाली बजारमा एटिएफ टायर भित्रिएको छ । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले हालै नेपाली बजारमा एटिएफ टायर उपलब्ध गराएको हो ।
सन् १९९३ सालदेखि भारतमा उत्पादन भएको यो टायर भारतीय बजारमा लोकप्रिय छ । नेपाली बजारमा पनि छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको प्रालिका सेल्स एण्ड मार्केटिङ म्यानेजर फन्नित शम्शेर कुँवरले जानकारी दिए ।
ट्रक, ब्याकहो लोडर, ग्रेडर, लोडर, ट्याक्टरमा प्रयोग हुने टायरहरु नेपाली बजारमा उपलब्ध रहेको कुँवरले जानकारी दिए । ‘एटिएफका टायरहरु गुणस्तरीय छन्,’ उनले भने, ‘अब हामी नेपालमा देशभर डिलर विस्तार बिक्री वितरण बढाउने तयारीमा छौं ।’

प्रालिले टायरसँगै आइटिआर लुब्रिकेन्ट्स बिगत ६ वर्षदेखि बिक्री गर्दै आइरहेको छ । आइटिआरको मेसिनरी पार्टस्, ब्याकहो लोडर, एक्साभेटर, रक ब्रेकर, युएसबी टाइगर छाप लगायतको बिक्री वितरण पनि गर्दै आइरहेको छ ।





Comments are closed.