हाम्रो सहयोगीको अर्धवार्षिक समिक्षा गोष्ठी अस्ताममा

पोखरा । हाम्रो सहयोगि बचत तथा ऋण सहकारी संस्था लि पृथ्वी चोक ,पोखराको अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ । माछापुच्छ्रे-६, अन्नपूर्ण ईको भिलेज अस्ताममा संस्थाका अध्यक्ष शुक्रराज कंडेलको अध्यक्षतामा गोष्ठी सञ्चालन भएको थियो ।

गोष्ठीमा संस्थापक अध्यक्ष गिरी प्रसाद गुरुङ, नि बर्तमान अध्यक्ष शिव प्रसाद सापकोटा, पुर्ब अध्यक्ष किसान सुनार, सल्लाहकार नवीन किरण भुसाल, लेखा समिति सदस्य रामचन्द्र पौडेल संञ्चालक समितीका सदस्यहरु, विभिन्न उप समिति संयोजक लगायत उपस्थित थिए ।

सो अवसरमा कास्कीको ग्रामीण क्षेत्र माछापुच्छ्रे-६, मा रिसोर्ट संञ्चालन गरि पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएका सफल व्यवसायी तथा संस्थाका सेयर सदस्य विश्व अधिकारीलाई प्रसंसापत्रले सम्मान गरिएको सहकारीका अध्यक्ष शुक्रराज कडेंलले जानकारी दिए ।

footwear zone

साथै गोष्ठीलाई व्यवस्थित, सभ्य र भब्य रूपमा संञ्चालनका लागि सहयोग गर्ने अन्नपूर्ण इको भिलेजका संञ्चालकलाई सहकारीले धन्यवाद तथा आभार व्यक्त गरेको छ । कार्यक्रमको संचालन सचिब लोकेन्द्र राईले गरेका थिए ।

You might also like

Comments are closed.