हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ।

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले जानकारी दिए।

यो सङ्ख्या असोजमा अझै बढेको छ। असोजमा सार्क बाहिरी देशका दश हजार पाँच सय ९४ र सार्क देशका तीन हजार एक सय ७८ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । कोरोनापछि पहिलोपटक पर्यटकको सङ्ख्या सन्तोषजनक हुन थालेको उनले सुनाए ।

footwear zone

कार्यक्रमले सार्क देशका पर्यटकसँग रु एक सय ५० र सार्क बाहिरी देशका पर्यटकसँग रु एक हजार शुल्क लिने गरेको छ। कार्यक्रमअन्तर्गत महानगरपालिका वडा नं १९, २०, २३ र २४ वडाका सम्पदा क्षेत्र पर्छन् । कार्यक्रमले यी वडाका मूर्त एवं अमूर्त सम्पदाको संरक्षणका लागि काम गर्दै आएको छ ।

You might also like

Comments are closed.