भक्तपुरमा अधिकांश हार्डवेयर दर्ता र नवीकरणविना संचालन, ३ लाखसम्म जरिवाना

 

भक्तपुर । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरुलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको अनुगमनका क्रममा यस्तो जानकारी गराइएको हो । अनुगमनमै नगरपालिकाले स्थानीय तहमा पसल दर्ता नभए रु ५० हजारदेखि एक लाखसम्म, बिलविना सामान बिक्री गरे रु तीन लाखसम्म र इष्टिमेट बिलमा बिक्री गरे रु २० हजार जरिवाना गरिने बताए ।

footwear zone

अनुगमनमा गणेश एन्ड टे«डर्स, ब्रह्मायणी महादेवी हार्डवेयर प्रालि, सूर्यविनायक हार्डवेयर, कञ्चन हार्डवेयर एन्ड पोली टे«ड, एस.एन. हार्डवेयर सेन्टर, इन्जिनियर्स हार्डवेयर, चाँगुनारायण हार्डवेयर, टाइम एन्ड स्टाइल सप्लायर्स, कुमारी हार्डवेयरले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना बिक्री गरेको, मूल्यसूची नराखेको, खरिद बिक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी भण्डारण गरेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

You might also like

Comments are closed.