पोखरा । पोखरा । पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा युवा व्यवसायी हरिराज पन्तले उम्मेदवारी घोषणा गरेका छन् । यस अगाडि २ कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका पन्तले आसन्न निर्वाचनका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको २४औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ ।
पन्त नेपाल वितरण महासंघको अध्यक्ष, लायन्सको डिष्ट्रिम्ट सेक्रेटरीसहित विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

पन्तले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।




Comments are closed.