हरपलको थप ब्राण्ड पियोर बासमती राइस नेपाली बजारमा

काठमाडौं । हरपल फुड्स प्रालिले नयाँ ब्राण्डमा चामल नेपाली बजारमा भित्र्याएको छ । हरपल पियोर बासमती राइस र हरपल उसिना पियोर बासमती राइसको ब्राण्डमा चामल भित्र्याएको हो । यो चामल ५ र २० केजीको प्याकमा नेपाली बजारमा उपलब्ध भएका छन् ।

 

यस अगाडि प्रालिले हरपल रिच राइस र हरपल उसिना ब्राण्डमा चामल बिक्री गर्दै आएकोमा हाल आएर बजारमा उपभोक्ताहरुको आवश्यकता, माग र चाहनालाई ध्यान दिदै गुणस्तरमा थप बृद्धि गरेर नयाँ ब्राण्डमा हरपल पियोर बासमती राइस र हरपल उसिना पियोर बासमती राइसमा चामल बजारभर चामल उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

footwear zone

प्रालिले बिगत १७ वर्षदेखि नेपाली बजारमा हरपल ब्राण्डमा चामल बिक्री वितरण गर्दै आइरहेको छ । वर्षेनी नयाँ नयाँ ब्राण्ड थप गर्ने क्रमलाई निरन्तरता दिदै यो पटक धेरै परिमार्जन गरेर हरपल पियोर बासमती राइस र हरपल उसिना पियोर बासमती राइस उपलब्ध गराइएको प्रवन्धक तारामान धामीले जानकारी दिए ।

भारतको प्रशिद्ध चामल उत्पादक कम्पनी गोयल इन्टरनेशनल प्रालिले विश्वमा एसिया, खाडी र युरोप गरेर २७ वटा देशहरुमा विभिन्न ब्राण्डमा त्यहाँको जनताहरुको आवश्यकता, चाहना र मागलाई मध्यनजर गर्दै चामल बिक्री गर्दै आइरहेको छ । विश्वभर नयाँ ब्राण्डहरु परिस्कृत र गुणस्तरयुक्त ब्राण्डमा थप्ने क्रममा यो वर्षदेखि नेपालमा हरपल पियोर बासमती राइस र हरपल उसिना पियोर बासमती राइस भित्र्याइएको धामीले जानकारी दिए ।

हरपलको नयाँ ब्राण्डको चामलले नेपाली जनताको माग, आवश्यकता र चाहनालाई सम्बोधन गर्ने कम्पनीले विश्वास लिएको छ ।

बिगत १७ वर्षको अवधिमा हरपल फुड्स प्रालिले चामलका विभिन्न १७ ब्राण्ड बजारमा उपलब्ध गराइरहेको अवस्थामा हरपल पियोर बासमती राइस र हरपल उसिना पियोर बासमती राइस १८औं ब्राण्ड बनेर भित्रिएको हो ।

You might also like

Comments are closed.