काठमाडौं । हरपल फुड्स प्रालिले नयाँ ब्राण्डको चामल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ग्यालेक्सी ब्राण्डमा बासमती चामलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । यसै क्रममा प्रालिले नयाँ ब्राण्डको गुलाब बासमती चामल बजारमा ल्याएको हो ।
गुलाब बासमती चामल नेपाली बजारमा १ केजी, ५ केजी र १० केजीको प्याकेटहरु उपलब्ध रहेको अध्यक्ष जनक धामीले जानकारी दिए । ‘नेपाली उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राख्दै हामीले नयाँ चामल बजारमा ल्याएका हौं,’ उनले भने, ‘बजारको माग अनुसारका चामल बजारमा उपलब्ध गराउँदै आइरहेका छौं ।’
कम्पनीले बिगत १८ वर्षदेखि नेपाली बजारमा चामल बिक्री वितरण गर्दै आइरहेको छ । ग्यालेक्सी ब्राण्डका बासमती चामलहरु विभिन्न स्वाद तथा साइजमा उपलब्ध रहेकाले ग्राहकले आफ्नो आवश्यकता अनुसार चामल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ‘उपभोक्ताहरुले आफ्नो आवश्यकता अनुसारको स्वाद र साइज रोजेर यसपालिको दशैं तथा तिहारलाई हरपल विशेष बनाउन सक्नुहुनेछ,’ धामीले भने ।

वर्षेनी नयाँ नयाँ ब्राण्ड थप गर्ने क्रमलाई निरन्तरता दिदै यो पटक धेरै परिमार्जन गरेर नयाँ चामल बजारमा ल्याउन सफल भएको कम्पनीले जनाएको छ ।
भारतको प्रशिद्ध चामल उत्पादक कम्पनी गोयल इन्टरनेशनल प्रालिले विश्वका विभिन्न देशमा चामल बिक्री गर्दै आइरहेको छ ।





Comments are closed.